प्रदीप यादवको प्रश्न– टोपबहादुर दोषी छैनन् भने किन लुकेका ?

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १३ : ०८
प्रदीप यादवको प्रश्न– टोपबहादुर दोषी छैनन् भने किन लुकेका ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न माग गरेका छन।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले नक्कली शरणार्थी प्रकरणमा सांसद रायमाझीले प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा उल्टै रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।

उनले भने, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ करोडौं रकम असुल्ने मुद्दामा फरार रहनुभएका फरार माननीय टोपबहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन । यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् रु लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्दछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको छवि अन्तर्राष्ट्रिय मंचमा नै धमिलो बनेको यादवको भनाइ थियो । उक्त प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे।

प्रतिक्रिया दिनुहोस