सर्वोच्चको आदेशपछि ढाकाकुमारले भने– 'सत्य सासंवत् छ, बोलिरहनु पर्दैन

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ०७ : ३९
सर्वोच्चको आदेशपछि ढाकाकुमारले भने– 'सत्य सासंवत् छ, बोलिरहनु पर्दैन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य सात्स्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले असत्यले केही समय भ्रम छरे पनि बिस्तारै सत्यले त्यो भ्रम तोड्दै बताएका छन् । 

फोहोरी राजनीतिलाई सफा गरौँ भन्ने संकल्पले रास्वपासँग जोडिएपनि आफूमाथि षड्यन्त्र भएको उनको भनाइ छ । जसको कोही हुँदैन उसको साथमा भगवान हुन्छन् भन्ने सन्देश अदालतको आदेशले दिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । 

‘विषम परिस्थितीमा गाह्रो अवस्थामा संयमता ,धैर्यता र विवेक प्रयोग गर्नु पर्छ। खाएको बिष लाग्छ,  जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने ।  तर समय र परिस्थितिसँगै सबै कुरा छर्लंङग दुधको दुध पानीको पानी छुट्टिहाल्छ, श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस