ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, ११ : २२
ढाकाकुमारको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौं । ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार (हिजो) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस