१८ एसपी एसएसपीमा बढुवा (सुचीसहित)

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, २१ : १८
१८ एसपी एसएसपीमा बढुवा (सुचीसहित)

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरिएको छ । 

एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा छन् ।

यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस