काठमाडौं । नेता भूपेन्द्रजंग शाही जनताले विकल्प खोज्न थालिसकेको भन्दै कांग्रेसको रुपान्तरण सुरु गर्नपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पार्टीमा व्यापक सुधारको खाचो रहेको बताए ।‘कांग्रेसलाई ब्युझ्याइन सकिन्छ, आसलाग्दो नं एक पार्टी बनाउन सकिन्छ । कतिपयलाई लाग्छ किन सुधार्न पर्यो ?,’ उनी भन्छन्, ‘कांग्रेसले सत्ताको स्वाद लिएकालाइ लाग्न सक्छ कांग्रेस सही रुपमा चलिरहेको छ ।
कांग्रेसमाथि बादल मडारिइरहेको छ । उपचुनावले चेत ल्याइदियो होला ।’ नेता शाहीले देश बदल्न र कार्यकर्ताको मनोबल जगाउन कांग्रेस रुपान्तरणको आवश्यकता औल्याए । पार्टी सुदृढीकरणका लागि भ्रातृ संस्थाको विस्तारमा नेतृत्वले तत्काल ध्यायन दिनुपर्ने उनले बताए । ‘नेविसंघलाई कोमामा, तरुण दललाइ भेन्टिलेटरमा र पार्टी लाई अस्पताल पुर्याएर पार्टीको जनमत कसरी बड्छ ?’ उनले भने, ‘पार्टीलाई सुदृढीकरण गर्नुपर्छ । गाउँ टोल पुगेर संवाद गर्नुपर्छ ।’
अब नीति महाधिवेशन गरेर कांग्रेस नसुर्धिन भन्दै विषेश महाधिवेशन गर्नुपर्ने शाहीको भनाइ छ । यस्तै उनले एक हप्ता भित्र समिति नआए नेविसंघ र तरुण दल बहिष्कार गर्नुपर्ने उनले बताए ।उनले भने, ‘देशमा युवा र कांग्रेसको भविष्य डुब्दैछ । हामीलाई चिन्ता छ । एक हप्ताभित्र नेविसंघ र तरुण दलको समिति आएन भने नेताहरुको घर घेर्न तयार हुनुपर्छ ।’ १४ सय विभागीय पद पार्टीले खाली राखेको कार्यकर्ता जिम्मेवारी बिहीन बनाएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १५ : ४७
लेखकबाट थप