नवनियुक्त महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १४ : २७
नवनियुक्त महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

काठमाडौं।  नवनियुक्त  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्  ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस