काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राखेका छन् ।
शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।
यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको शीतल निवास स्रोतले जनाएको छ । छलफल दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
‘नागरिकता विधेयकको अवस्था के हो भनेर राष्ट्रपतिज्यूले चासो राख्नु भएको छ । यसबारेमा आज छलफलका लागि कानुनविद्लाई दिउँसो १ बजे बोलाइएको छ’, शीतलनिवास स्रोतले भन्यो, ‘अघिल्लो संसदबाट पारित भइसकेको विधेयक राष्ट्रपति कार्यालयमा छ । अब यसको कानुनी हैसियत के हो भनेर बुझ्न लाग्नु भएको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, ०९ : ५७
लेखकबाट थप