काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।
सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।
पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र