काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही हुनुपर्ने नेता बस्नेतले बताए । यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने कुरा उचित छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली लडाकु, बालुवाटार,वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गर्नुपर्दछ ।’ नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत