काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही हुनुपर्ने नेता बस्नेतले बताए । यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्ने कुरा उचित छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली लडाकु, बालुवाटार,वाइडबडीलगायत सबै दोषिलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कार्बाही गर्नुपर्दछ ।’ नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’