काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार कीर्तिपुरस्थित खेल मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाली टोली एसिया कपमा छनौट भएको थियो ।
यस अवसरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेका हुन् । ‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु ।
भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु’, राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल