साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १४ : १६
साइबर सुरक्षामा सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील भएको बताएकी छन । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार आयोजना गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा बोल्दै उनले यस्तो बताइन्। विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उनले बताइन्।

मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको पनि बताइन् । सूचना प्रविधि अहिले अत्यावश्यक साधन बनेको पनि उनले बताइन् । यसको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको उनको तर्क छ । राज्यले नागरिकलाई पुर्‍याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको मन्त्री शर्माले बताएको छिन।

मन्त्री शर्माले सबै नागरिकमा सूचना प्रविधिको समान पहुँच विस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताइन् । सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणहरूमा सरकारले लगाउने करको दर घटाउनु पर्ने मन्त्री शर्माले बताइन्।

प्रतिक्रिया दिनुहोस