नेपाली क्रिकेट टोलीले प्रधानमन्त्रीले दिए बधाई

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १२ : ००
नेपाली क्रिकेट टोलीले प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर लिग जित्न सफल नेपाली टोलीलाई बधाइ दिएका छन् । मंगलबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले युएईलाई पराजित गरे लत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई बधाइ दिएका हुन् ।

नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर युएईले दिएको ११८ रनको लक्ष्य पूरा गरेको थियो । ३ प्रधानमन्त्रीले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस