टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !

पत्रपत्रिकाबाट

सोमबार, ०७ साउन २०७५, ०८ : ०५
टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका  च्यानलले ७ लाख तिर्नुपर्ने !

निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने ।
५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने ।

मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस