कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १५ : ५६
कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह

चितवन । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन। सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै सांसद कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन।

उनले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताए। उनले युवाहरु विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझो बसेकाले देश मरुभूमिमा परिणत हुन लागेको बताए ।

उनले बर्दघाट पूर्व सुस्तालाई नवलपुर जिल्ला भनेर नामाकरण गर्न पनि माग गरे । त्यस्तै, सो क्षेत्रमा वन्यजन्तुले निम्त्याउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस