चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सहमति हुने बताएका छन् । आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग गर्दै पुन चार दिनदेखि मातीघरमा धर्ना बसेका छन्।
सरकारले आइतबार वार्ता थालेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारसँग लिखित सहमतिको तयारी रहेको सुनाए।यसअघि आफूसँग भएको भेटमा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाएका छन् ।
आफूले बस्नुस भन्न नमिल्ने तर बस्दा रकम छुट्याउन मद्दत नै हुन्छ भनेको पनि प्रचण्ड बताए । ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’उनले भनेका छन् ।
महावीरको माग सम्बोधन गर्न सरकार तयार भइसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड