सुख्खा पहिरो झरेर थुनिएको अरुण खोलियो

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, १५ : ०२
सुख्खा पहिरो झरेर थुनिएको अरुण खोलियो

विराटनगर । सुख्खा पहिरो झरेर रोकिएको अरुण नदी खुलेको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर रोकिएको थियो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले दिउँसो साढे २ बजेदेखि थुनिएको नदी आफ्नै बहावमा फर्किएको बताए । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए । 

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा आज बिहान पहिरो खसेको थियो । त्यसक्रममा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस