मौसमका कारण सबै उडान प्रभावित

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, १३ : २४
मौसमका कारण सबै उडान प्रभावित

काठमाडौं । मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान डिले (ढिलाइ) भएको छ । बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंमा यतिबेला बादल लाग्नुका साथै पानी परिरहेको छ । शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस