नेपाल राष्ट्र बैंकले गर्यो हिमालयन बैंकलाई सम्मान

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, १० : ४८
नेपाल राष्ट्र बैंकले गर्यो हिमालयन बैंकलाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ औँ वार्षिक उत्सवको अवसरमा वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मान गरेको छ । 

सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयनबैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैंकले आ.व. २०७८÷७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ । 

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।