कोरियन भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ०८ : १७
कोरियन भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण

काठमाडौ । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत  रोजगारीका  लागि  दक्षिण  कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म भाषा  परीक्षा सञ्चालन भएको थियो । 

रोजगार अनुुमति प्रणाली (ईपीएस) शाखाका अनुसार  दोस्रो  चरणमा  सात  हजार  ७५७  जनाका  लागि  लिइएको परीक्षाका  लागि  २६  हजार ८७६ जनाले आवेदन दिएका थिए ।

त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए  ।  कृषि  तथा  पशुपालनतर्फको  पहिलो  चरणका  लागि  तीन  हजार  एक  जनाका  लागि  १०  हजार  ३९८  जनाको  आवेदन  परेको थियो । 

ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको वैशाख २५ देखि जेठ ४ सम्म सीप परीक्षा हुने जनाइएको छ

प्रतिक्रिया दिनुहोस