६५ हजार क्वीन्टल चामल किन्ने तयारीमा व्यापार कम्पनी

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ०७ : ५२
६५ हजार क्वीन्टल चामल किन्ने तयारीमा व्यापार कम्पनी

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६५ हजार १०० क्वीन्टल चामल किन्ने भएको छ ।

कम्पनीले विभिन्न कार्यालयहरुका लागि चामल किन्न लागेको हो । त्यसका लागि कम्पनीले आइतबार इच्छुक कर्म, मिल, संस्था वा कम्पनीबाट शिलपत्र बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

कम्पनीले शाखा कार्यालय वीरगन्जका लागि १२ हजार क्वीन्टल जिरा मसिनो चालमल खरिद गर्न लागेको छ।  यस्तै काठमाडौँ कार्यालयका लागि अरुवा सोना मनसुली १० हजार क्वीन्टल, भैरहवाका लागि सोना मनसुली ५ हजार क्वीन्टल खरिद गरिने कम्पनीले जनाएको छ । 

यस्तैगरी नेपालगन्जका लागि जिरा मसिनो १० हजार क्वीन्टल, धनगढीका लागि १० हजार, तुलसीपुरका लागि २ हजार र बाँकी सुर्खेतका लागि खरिद गरिनेछ ।

प्रतिक्रिया दिनुहोस