कुर्सीका लागि नेताहरुले विचार बेच्न थाले : गणेशप्रसाद तिमिल्सिना

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १४ : ३३
कुर्सीका लागि नेताहरुले विचार बेच्न थाले : गणेशप्रसाद तिमिल्सिना

बुटवल। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्ताको दौडमा लाग्ने नेताहरूलाई गीत संगीतबाट व्यङ्ग्य गर्नुपर्ने अवस्था आएको बताएका छन् ।राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भजन चुड्काले कुर्सीको दौडमा लाग्नेलाई व्यङ्ग्य हान्न आग्रह गरे । ‘कामको लागि भनसुन गर्नुपर्ने, नेताकोमा धाउनुपर्ने, यो चिजको अन्त्य हुनुपर्छ’ अध्यक्ष तिमिल्सिनाले भने, ‘देशमा भ्रष्टचार अन्त्य कुर्सीको लागि हानथाप गर्ने मन्त्री खान विचार बेच्नेलाई गीतबाट प्रहार गर्नुस् ।’ 

भाषा कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले शुसासन विकासको पक्षको लागि गीत संगीतबाट नेतालाई प्रहार आवश्यक रहेको औंलाए‘कलाकारितालाई रोजगारसँग जोड्न आवश्यक छ’ अध्यक्ष तिमिल्सिनाले भने, ‘गीत/संगीतमा लाग्ने यहीँ क्षेत्रबाट आत्मनिर्भर हुने गरी जोडिनुपर्छ । बल्ल कलाकारिता टिक्छ ।’

 

प्रतिक्रिया दिनुहोस