कुवेतसँगको खेलमा रोहित र कुशलको अर्धशतक

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १३ : ४८
कुवेतसँगको खेलमा रोहित र कुशलको अर्धशतक

काठमाडौं।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालका दुई ब्याटर रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको खेलमा पौडेलले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । कुशल मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वर्षा र खराब प्रकाशका कारण केही समय रोकिएको खेल पुनः सुरु भएपछि उनीहरुले अर्धशतक प्रहार गरेका हुन् ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८ ओभरसम्म १८३ रन बनाएको छ । मल्ल ४४ बलमा ५७ रन जोडेपछि आउट भए ।

प्रतिक्रिया दिनुहोस