हत्या आरोपित एमाले सांसद कोइरीको बिदा संसद्‌बाट अस्वीकृत

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, ०६ : ५२
हत्या आरोपित एमाले सांसद कोइरीको बिदा संसद्‌बाट अस्वीकृत

 काठमाडौ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ।

शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो। 

केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो। 

दोस्रो बैठकमा सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सभामुखले सुनाए। साथै प्रतिनिधिसभाको आगामी अधिवेशनमा कोइरीबारे कानुनबमोजिम कारबाही गर्ने सभामुखको प्रतिबद्वता जनाएका छन्। सांसद कोइरीलाई हत्या आरोप लागेको छ। 

प्रतिक्रिया दिनुहोस