एसीसी प्रिमियम कप :सेमिफाइनलमा नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, ०६ : ३४
एसीसी प्रिमियम कप :सेमिफाइनलमा नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै

काठमाडौं । एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन । 

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन । 

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो । 

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्  ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो । दुवै सेमिफाइनल खेल ९ बजेवाट सुरु हुनेछ । 

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

प्रतिक्रिया दिनुहोस