काठमाडौं । प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार प्रतिनिधि सभामा १० समिति गठन भए पनि समितिको सभापति भने चयन गर्न बाँकी रहेको छ ।
नियमावली अनुसार पहिलो बैठक बसेको पन्ध्र दिनभित्र समिति सभापति चयन हुनेछ । र, उक्त समयसम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछ । गठन गरिएको समितिअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।
अर्थ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं. २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णिम वाग्लेसहित २५ जनाको टिम रहेको छ । यस्तै, चितवन २ को उपनिर्वाचनबाट सांसद बनेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिमा अटाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग