काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।
मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।
गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान सञ्चालन गर्न भनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता