काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले राजनीतिक दलहरुले जनअपेक्षा गरेअनुरुप काम गर्ने नसकेकै कारण जनतामा असन्तुष्टि बढेको बताएका छन । बिहिबार नेपाली कांग्रेस काठमाडौ जिल्लाको पूर्ण बैठकमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन। भर्खरै सम्पन्न उपचुनाव मार्फत जनताको चासो प्रस्ट भएकाले दलहरुले बेलैमा कमीकमजोरी सच्याएर जानुको विकल्प नभएको बताउनु सिंहको भनाई थियो ।
उनले समयको माग अनुसार कांग्रेसले कार्यशैलीमा रुपान्तरण गर्न नसके अप्ठ्यारो पर्ने अवस्था आउने समेत बताए । नेता सिंहले सत्ता र शक्तिको राजनीतिमा मात्रै केन्द्रित हुँदा यस्तो परिस्थिति सिर्जना हुन पुगेको उल्लेख गरे । कांग्रेस मूल्यमान्यता र आदर्शको राजनीतिबाट बिमुख भएकाले परिस्थिति जटिल बन्दै गएको नेता सिंहले बताए ।
उप चुनावको नतिजालाई कांग्रेसले गम्भीरताका साथ लिनु पर्ने समेत नेता सिहको भनाई छ । उनले कांग्रेसले पुराना नेता कार्यकर्ताको उचित सम्मान र नयाँ पुस्तालाई साथ लिएर जान नसक्नु कांग्रेसको मुख्य कमजोरी भएको भन्दै यसको उचित ब्यवस्थापन गर्न तर्फ लाग्नु पर्नेमा जोड समेत दिए।
काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलेको सभापतित्वमा बसेको बैठक बिहिबार र शुक्रबार गरी दुईदिनसम्म चल्नेछ बैठकले काठमाडौं जिल्लाको पार्टी संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय लिने सभापति बानियाँले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !