काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको सात दिन अघि हत्या भएको विषय संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सांसद रायमाझीले मातातीर्थ औसीको दिन पाण्डेको कारुणिक र बीभत्स हत्या भएको जानकारी गराउँदै सात दिनसम्मपनि अपराधी पत्ता लगाउन नसक्नुमा प्रहरीमाथि नै शंका उत्पन्न भएको बताइन् । उनले छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद गगन थापाले पाण्डेको हत्यारालाई छिटो पत्ता लगाउन आग्रह गरे । उनले भने,‘दिनदहाडै घाँटी रेटेर करिब २२–२३ ठाउँमा छुरी प्रहार गरेर उहाँको हत्या भएको छ, सात दिन भयो, उहाँहरु प्रहरी कार्यालय धाइराख्नुभएको छ । मन्त्रालय गइरहनुभएको छ तर ठोस जवाफ पाइरहनुभएको छैन ।
संर्घषको कार्यक्रम भइरहेको छ, वरिपरिका मान्छेहरु अत्तालिइरहनुभएको छ, प्रहरीलाई भेट्दा अनुसन्धान भइरहेको छ तर विश्वास भइरहेको छैन ।’उनले गृहमन्त्रीलाई घटनाको सत्य तथ्य जानकारी दिन र सुरक्षामाथि विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे । उनले सिसिटिभी झुण्डाउनेमात्र हैन त्यसलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग