काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको सात दिन अघि हत्या भएको विषय संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सांसद रायमाझीले मातातीर्थ औसीको दिन पाण्डेको कारुणिक र बीभत्स हत्या भएको जानकारी गराउँदै सात दिनसम्मपनि अपराधी पत्ता लगाउन नसक्नुमा प्रहरीमाथि नै शंका उत्पन्न भएको बताइन् । उनले छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइन् । सांसद गगन थापाले पाण्डेको हत्यारालाई छिटो पत्ता लगाउन आग्रह गरे । उनले भने,‘दिनदहाडै घाँटी रेटेर करिब २२–२३ ठाउँमा छुरी प्रहार गरेर उहाँको हत्या भएको छ, सात दिन भयो, उहाँहरु प्रहरी कार्यालय धाइराख्नुभएको छ । मन्त्रालय गइरहनुभएको छ तर ठोस जवाफ पाइरहनुभएको छैन ।
संर्घषको कार्यक्रम भइरहेको छ, वरिपरिका मान्छेहरु अत्तालिइरहनुभएको छ, प्रहरीलाई भेट्दा अनुसन्धान भइरहेको छ तर विश्वास भइरहेको छैन ।’उनले गृहमन्त्रीलाई घटनाको सत्य तथ्य जानकारी दिन र सुरक्षामाथि विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे । उनले सिसिटिभी झुण्डाउनेमात्र हैन त्यसलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह