काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन क्षेत्र नम्बर २ का मतदाताले दिएको टिप्पणी गरेका छन्।
गत मंसिर ४ कै चुनावबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछाने नागरिकता मुद्दाका कारण पदबाट हट्न बाध्य भएका थिए। सोही कारण रिक्त पदपूर्तिका लागि यही वैशाख १० गते चितवन २ मा गरिएको उपनिर्वाचनमा मंसिरको चुनावमा भन्दा ५ हजार बढी मत ल्याएर पुनः लामिछाने नै विजयी भएका छन्। प्रक्रियाबमोजिम पुनः नेपाली नागरिकता लिएर उनी उपचुनावमा उम्मेदवार बनेका थिए।
पुनः शानदार जित हासिल गरेपछि रास्वपा सभापति लामिछानेले बुधबार बिहान चितवन २ का मतदाताप्रति आभार व्यक्त गरेका हुन्।
यस क्रममा उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिनुभएको छ। व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दल/उम्मेदवार र तिनका नेता/कार्यकर्ता समक्ष आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि