बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, २१ : ५७
बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

दार्चुला । दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्। सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार बिहान बँदेलले आक्रमण गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ । 

सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए । 

घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बँदेललाई मारिएको छ ।

प्रतिक्रिया दिनुहोस