काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए ।‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध गर्दछु । म सबैको नेता हुन चाहन्छु ।
मलाई भोट हाल्ने मात्रै होइन यो चितवनमा रहनु हुने वालकदेखि वृद्धसम्म सबैको प्यारो नेता हुन मन छ । सबैको मनभित्र बस्न मन छ’ लामिछानेले भने, ‘कहाँबाट भोट बढी आयो कहाँबाट कम भोट आयो भनेर हिसाब राख्ने छैन । बेहिसाब चितवनको विकास निर्माणमा लाग्ने छु ।’ आफूले सबैभन्दा पहिले दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने लामिछानेले बताए । आफ्नो प्राथमिकता अब इच्छाकामना स्थानीय तहको विकास गर्ने हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि