काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए ।‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध गर्दछु । म सबैको नेता हुन चाहन्छु ।
मलाई भोट हाल्ने मात्रै होइन यो चितवनमा रहनु हुने वालकदेखि वृद्धसम्म सबैको प्यारो नेता हुन मन छ । सबैको मनभित्र बस्न मन छ’ लामिछानेले भने, ‘कहाँबाट भोट बढी आयो कहाँबाट कम भोट आयो भनेर हिसाब राख्ने छैन । बेहिसाब चितवनको विकास निर्माणमा लाग्ने छु ।’ आफूले सबैभन्दा पहिले दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने लामिछानेले बताए । आफ्नो प्राथमिकता अब इच्छाकामना स्थानीय तहको विकास गर्ने हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल