बारा। बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले १५ हजार १८३ मत पाएका छन् ।यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा चार हजार ८१३ मतले अग्रता बनाएका छन् । जनमतका कुशवाहाले १० हजार तीन सय ७० मत प्राप्त गरेका छन् ।
यादवलाई पछ्याईरहेका कुशवाहाले फराकिलो मतान्तर भने घटाउन सकेका छैनन् ।यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार कटाएका छन् । उनले पाँच हजार २७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले एक हजार सात सय ८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?