धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् । अत्तरियाको पहाड रोड बसपार्क अगाडिको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० वर्षीय मोहन सिंह मृत अवस्थामा फेला परेका हुन् ।
उनी उक्त होटलमा वैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा वैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला