धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलमा एक जना मृत अवस्थामा फेला परेका छन् । अत्तरियाको पहाड रोड बसपार्क अगाडिको न्यु सत्कार होटल एण्ड लजको शौचालयमा दार्चुलाको ब्यास गाउँपालिका–३ का ४० वर्षीय मोहन सिंह मृत अवस्थामा फेला परेका हुन् ।
उनी उक्त होटलमा वैशाख १० गते बिहान कोठा लिएर बास बसेका थिए । उनी कोठाबाट बाहिर नआएपछि चेकगर्दा वैशाख ११ गते कोठाको शौचालयमा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कूलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको शव शौचालयको शावरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला