बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थलमा पुगेका अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए ।
‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन । प्रारम्भिक नतिजा राम्रो छ । म खुशी छु बाराका जनताले मलाई आशिर्वाद दिएका छन्’, उनले भने, । अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन नि !’
उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए । मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव
‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई छुट भइरहन्छ : उपेन्द्र यादव