यस्ताे छ चितवन–२ काे पछिल्लाे मतपरिणाम

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १० : ४५
यस्ताे छ चितवन–२ काे पछिल्लाे मतपरिणाम

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतान्तर फराकिलो पार्दै लगेका छन् ।अहिलेसम्म लामिछानेले ४५ हजार ८४२ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ आठ हजार ४२५ मतसहित पछ्याइरहेका छन् ।तेस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस