चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।
रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि