काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
मतगणनाको पछिल्लो मतपरिणामअनुसार यादवले १० हजार १९९ मत प्राप्त गरेका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६ हजार ८०६ मत ल्याएका छन्।
यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ४५१ मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५९२ मत ल्याएका छन्।
गत मंसिर ४ गते भएको निर्वाचनमा बारा २ बाट निर्वाचित भएका जसपाका रामसहाय प्रसाद यादव उनी उपराष्ट्रपति भएपछि बारा २ मा उपनिर्वाचत भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?