वैशाखमा पनि सोलुखुम्बु क्षेत्रमा हिमपात, पर्यटक उत्साहित

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, ११ : २१
वैशाखमा पनि सोलुखुम्बु क्षेत्रमा हिमपात, पर्यटक उत्साहित

सोलुखुम्बु।वैशाखमा पनि सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । पानी परेपछि गएराति देखि हिउँ परेको हो ।हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस