सेन्ट्रल कलेजको भवन एसवन बिल्डर्सले निर्माण गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ४८
सेन्ट्रल कलेजको भवन एसवन बिल्डर्सले निर्माण गर्ने

चितवन । शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले चितवनको नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर बनाउने भएको छ । कलेजले लायन्सचोकस्थित आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो ।

व्यवसायीक प्रयोजनका लागि बनाउन लागिएको उक्त भवन निर्माणको लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्ससंग सम्झौता भएको सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेल (वाइबी)ले जानकारी दिए । 
 
सेन्ट्रल कलेजको भरतपुर–२ लायन्सचोक स्थित जग्गामा एसवन बिल्डर्स एण्ड सप्लायर्सले बिहीबार देखि भवन निर्माण थालेको हो । बहुउद्धेश्यिय कम्पनी एसवन बिल्डर्स एण्ड सप्लायर्सले हाल नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रका साथै विभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले बताए । साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा काम गरिसकेको सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभवि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिने गरेको उनले बताए ।

चितवन, नवलपरासी तथा पोखरामा कार्यालय सञ्चालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्यका साथ कम्पनीले अघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

 


 

प्रतिक्रिया दिनुहोस