एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा

रासस

शुक्रबार, ०८ बैशाख २०८०, ०८ : २९
एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा

काठमाडौ । पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार २०७९ साल (वैशाखदेखि चैतसम्म) मा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन् ।

यो सङ्ख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ ।

गत वर्ष वा २०७८ सालमा (वैशाखदेखि चैतसम्म)मा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।