तीन चलचित्र ‘भैरे, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ एकसाथ प्रदर्शनमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १४ : ५५
तीन चलचित्र  ‘भैरे, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’  एकसाथ प्रदर्शनमा

काठमाडौं । आज (शुक्रबार)बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा अाएका छन् । गत साता रिलिज भएका चार चलचित्र ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ मध्ये कुनै पनि चलचित्रले राम्रो ब्यवसाय गर्न नसकेको यथार्त सबैको सामु छर्लङ हुँदा हुदै पनि अहिले तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ प्रदर्शनमा आएका हुन् ।
यी तीन चलचित्र मध्य ‘भैरे’ र ‘पण्डित बाजेको लौरी’ प्रचार प्रसार सहित प्रदर्शनमा आएको छ, भने ‘चक्कर’ बिना प्रचारप्रसार उत्रिएको हलमा लागेका हो ।

‘भैरे’
एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘भैरे’को निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह निर्माता रहेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा दयाहाङ राई, विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रचार प्रसार ब्यपक गरिएको चलचित्र देशभरका मेजर स्टेसनबाट प्रदर्शनमा आएका हुन् । अधिकाम्स चलेका कलाकार भैरेमा देख्न सकिन्छ ।

‘पण्डित बाजेको लौरी’
बुधबार प्रिमिएर गरिएको यो चलचित्र दीपक ओलीले निर्देशन गरेका हुन् । बादी प्रथा र पण्डितत्याँईं परम्परा बिचको द्धोन्दलाई कथा बनाइएको यो चलचित्रमा सन्ध्या केसी, विजय बराल, भोलाजराज सापकोटा, प्रमोद अग्रहरी, कुलदीप अधिकारी, अनुपमा भण्डारी, लोकेन्द्र लेखक लगायतको अभिनय छ । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको ‘पण्डित बाजेको लौरी’ लाई विदुर पाण्डेले खिचेका हुन्, भने संगीत श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले भरेका छन् ।

‘चक्कर’
अनुष्क रौनियार निर्देशित चलचित्र ‘चक्कर’ सेक्स र क्राइमको मिश्रित चलचित्र हो । अर्पण थापा, ऋचा शर्मा, एभोनराज उप्रेती, सृजना सुब्बा र स्मृति पोखरेलको अभिनय रहेको चलचित्र नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा चलचित्र बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली चलचित्र भन्दा यो केहि पृथक रहेको निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस