नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १४ : १६
नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न

सागर श्रेष्ठ
सानफ्रान्सिस्को (अमेरिका) ।
अमेरिकाको सानफ्रान्सिस्कोमा गत शनिबार नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । द एक्स ब्याण्ड, अन्जु पन्त र  राजु लामाको प्रस्तुति रहेको यस फेस्टिवलबाट करिब ६९ लाख संकलन भएको छ ।
हिमालयन फाउन्डेसन कर्पले आयोजना गरेको यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन एस बाबु प्रोडक्सनका एस बाबु र प्रमिश ढकाल को रहेको थियो । सात सयभन्दा बढी नेपालीहरुलाई एकै ठाउमा मनोरञ्जन प्रदान गरिएको कार्यक्रममा नेपालमा बन्ने विभिन्न स्कूल भवन र कराते खेलकुद भवनको लागि करिब ६९ लाख नेपाली संकलन भएको थियो । कार्यक्रमको खर्च कटाएर बाँकी रहेको रकम सबै नेपालकै गाउमा रहेको स्कूल र खेलकुद भवन निर्माणमा जाने फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिनु भयो । 
आफ्नो संगीत यात्राको २५ औ बार्षिक उत्सब मनाउदै अमेरिकाको यात्रामा रहेको नेपाली ब्याण्ड द एक्ससंगै राजु लामा  र अन्जु पन्तले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै दर्शक नचाएका थिए ।
कार्यक्रमको शुरुवातमा भने २००६ मा स्थापनापछि हिमालयन फाउन्डेसन कर्पले नेपालमा गरेका काम र वर्तमान योजनाको एउटा वृतचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा फ्लोरिडाबाट आएका चर्चित व्यवसयी गरमेट इन्नोभेसनका प्रेसिडेन्ट मार्क नेमिक प्रमुख अतिथि थिए, जसले आफैले मात्रै ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए । 


के टि एम ग्रुप एल एल सी र सान फ्रान्सिस्को होलसेल कि प्रेसिडेन्ट एवम् हिमालयन फाउन्डेसन कि प्रेसिडेन्ट टीण्डू शेर्पा ले पनि ११ हजार डलर प्रदान  गरेकी थिन भने बिशिस्ट अथिति रामबाबु पाण्डेले ५ हजार डलर सहयोग गरेका थिए । यसैगरी अरु ३६ व्यवसयी एवम् समाजसेवीले पनि सहयोग प्रदान गरेका थिए । औपचारिक कार्यक्रमको शुरुवात चर्चित चलचित्रकर्मी नारायण पुरीले गरेका थिए भने सांगीतिक कार्यक्रमको संचालन एस बाबु सन्दिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस