अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोहीको जीवितै उद्धार

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १२ : १७
अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोहीको जीवितै उद्धार

काठमाडौं । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।

यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए । अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९०१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

प्रतिक्रिया दिनुहोस