प्रधानमन्त्री प्रचण्डलगायत गठबन्धनका शिर्ष नेता आज चितवन आउँदै

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, ११ : २९
प्रधानमन्त्री प्रचण्डलगायत गठबन्धनका शिर्ष नेता आज चितवन आउँदै

चितवन । वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शिर्ष नेताहरु आज चितवन आउँदै छन् ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई जिताउन नेताहरु चितवन आउन लागेका हुन् । आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न र मत माग्न पाउने आज अन्तिम दिन पनि हो ।

चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता बाबुराम भट्टराईलगायतका नेता पनि आउन लागेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ । कालिका नगरपालिका–४ स्थित शहीद स्मृति क्याम्पसमा दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।