यमनमा रमजानका लागि पैसा वितरण गर्ने क्रममा भागदौड हुँदा ७८ जनाको मृत्यु

एजेन्सी

विहीबार, ०७ बैशाख २०८०, ०९ : २७
यमनमा रमजानका लागि पैसा वितरण गर्ने क्रममा भागदौड हुँदा ७८ जनाको मृत्यु

एजेन्सी । यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रमजानका लागि पैसा वितरण भइरहेको बेलामा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले यसबारे जानकारी दिएका छन्। सहरको बाब-अल-यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सयौँ मानिस विद्यालयमा पैसा लिन भेला भएका थिए। यहाँ प्रतिव्यक्ति करिब ९ डलर रकम दिइँदै थियो।

पैसा बाँड्नेलाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ। देशका गृहमन्त्रीले यसबारे जानकारी दिएका छन्।

सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै यो सहर हुथी विद्रोहीको नियन्त्रणमा छ। यमनमा सन् २०१५ देखि युद्ध चलिरहेको छ।

यो वर्ष हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस