डीआईजीमा बढुवा सिफारिस विरुद्ध दुई जनाको उजुरी

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १६ : ०८
डीआईजीमा बढुवा सिफारिस विरुद्ध दुई जनाको उजुरी

काठमाडौँ। नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णय विरुद्ध उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । बढुवा समितिको चैत २९ गते बसेको  बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले  सूची प्रकाशित गरेको थियो ।  प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । 

बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको थियो  । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।

प्रतिक्रिया दिनुहोस