सरकारले पूर्णता नपाएकोमा सांसद भीमप्रसाद आचार्यको आपत्ति

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १४ : ५७
सरकारले पूर्णता नपाएकोमा सांसद भीमप्रसाद आचार्यको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् । ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनी सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे । उनले सरकारलाई संसद्प्रति जबाफदेही हुन पनि सचेत गराए । सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको माग थियो ।  सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि बताए ।   

प्रतिक्रिया दिनुहोस