सामसङको नयाँ ग्यालेक्सी शृंखलाका फोन खरिदमा २ हजार ‘क्यासब्याक’

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ५८
सामसङको नयाँ ग्यालेक्सी शृंखलाका फोन खरिदमा २ हजार ‘क्यासब्याक’

काठमाडौं । विश्वव्यापी रुपमा मन पराइएको स्मार्टफोन सामसङले हालै मात्रबजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी को खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

यस योजनाको लागि सामसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  जस अनुसार नबिल बैंकको भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी खरीद गर्दा रु.२००० क्यास ब्याक प्राप्त गर्ने छन् ।
 
सामसङ ग्यालेक्सी  ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च२९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिन सम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भनें यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध छन् । क्यासब्याक अफरका साथै ग्यालेक्सी  ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीका ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ ।

ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी  ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जी खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्रलागू गरिएको छ । 

प्रतिक्रिया दिनुहोस