ललितको विकेटमा नेपाललाई तेस्रो सफलता

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : ५०
ललितको विकेटमा नेपाललाई तेस्रो सफलता

काठमाडौं । बाँया हाते स्पिनर ललित राजवंशीले मलेसियाका ओपनर विरनदीपसिंहलाई आउट गर्दै जारी एसीसी प्रिमियर लिगमा नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।आफ्नो स्पेलको आठौं ओभर बलिङमा आएका राजवंशीले पहिलो बलमै सोमपाल कामीबाट क्याचआउट गराउँदै नेपालका लागि तेस्रो विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि पहिलो विकेट गुलसन झाले लिएका थिए । उनले ओपनर मोहमद अमिरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए ।

५.५ ओभरपछि विकेटबिहिन भएको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा विरनदीपसँग १ सय १६ रनको साझेदारि तोड्दै कप्तान अमेद फैजको विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस