काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।
राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना